१३ कार्तिक २०८३, शुक्रबार

चरिकोट अस्पतालको ध्यानाकर्षण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) चरिकोटले बिरामीहरूको स्वास्थ्य उपचारका क्रममा निरन्तर निःशुल्क गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

‘केही दिन अगाडि प्रकाशित भ्रामक तथा असान्दर्भिक समाचारप्रति यस संस्थामा गम्भीर ध्यानाकर्षण भएको छ’, खण्डनमा भनिएको छ, ‘बिरामी उपचार गर्ने क्रममा चिकित्सकबाट गरिने परार्मश, शल्यक्रिया तथा अन्य उपचार बिरामीको अवस्थाका आधारमा गरिने भएको हुनाले त्यस विपरित अनावश्यक रुपमा टिकाटिप्पणी र एक व्यक्तिको पेशागत (इज्जत, प्रतिष्ठामा) मूल्य र मान्यतामा आँच आउने कथनहरूप्रति यस संस्था घोर भर्त्सना गर्दछ ।’

‘राष्ट्रको चौथो अंगको रुपमा रहेको प्रेषले भ्रामक, अर्नगल समचार सम्प्रेशण गरी सम्पूर्ण पत्रकारिता जगतको नै आचारसंहिता र गरिमामय पेशालाई अवमूल्यन हुने गरी व्यक्तिगत रुपमा प्रकाशित उक्त कथनहरू र फोटोप्रति खेद प्रकट गर्दै भविष्यमा यस्ता गलत, भ्रामक कथनहरू प्रकाशित नहुने समेत विश्वास गर्दछौं ।’

दैनकिले नेपालले डा.विनोद दंगालले उपचारमा लापरवाही गरेको विषयमा पीडित दुर्गा पाठकको झण्डै ज्यान गएको समाचार सम्प्रेषण गरेको थियो ।