१ कार्तिक २०८३, आइतबार

करिब ३ लाख रुपैयाँ नगद चोरी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, ११ फागुन । मनहरी गाउँपालिका ६ जोगीताल बस्ने ३८ वर्षीया चुना गोलेको घरबाट नगद २ लाख ८० हजार रुपैयाँ गए राति चोरी भएको छ ।

साथै अपरिचित २ जनाले धारिलो हतियारले टाउकोमा प्रहार गर्दा घाइते भएकी गोलेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा पठाइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।