
काठमाडौँ, ११ फागुन । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कार्यदल गठन गरेको छ ।
नेकपा सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा शनिबारको सचिवालय बैठकले तीन सदस्यीय कमिटी गठन गरेको हो । कार्यदलमा दुई सदस्यहरु खिमलाल देवकोटा र सुवासचन्द्र नेम्वाङ रहेका छन् ।
उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नु पहिले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए ।
गौतमलाई भावी प्रधानमन्त्री बनाउन नै सो संशोधन गर्न कार्यदल गठन गरिएको जनाइएको छ ।
संविधानमा राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था अहिले छैन । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न योग्य सक्ने गरी संविधान संशोधन गर्न कमिटी गठन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले गरेका थिए ।















प्रतिक्रिया