१ कार्तिक २०८३, आइतबार

महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश सुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौँ, ११ फागुन । उपत्यकामा संचालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत आज एक कार्यक्रमका बिच महानगरीय प्रहरी प्रहरी वृत्त गौशालामा संयुक्त मेश सुरु भएको छ । प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गरे ।

कार्यक्रममा प्रहरी संयुक्त मेशको निर्माण र सुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरंस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गर्ने महानगरीय प्रहरी वृत्त गौशलाका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहसहित ५ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले सबैलाई समानरूपले सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीहरू भित्र नै विभेद रहेमा आलोचनात्मक प्रश्नहरूको सिर्जना हुन सक्छ भन्दै समान राशन सुविधा रहने प्रहरी कर्मचारीहरू भित्र समानता कायम गर्नको लागि संयुक्त मेश निर्माणको अभियान संचालन गरेको जानकारी दिए ।

ठूलो संख्यामा रहेका जवान र हवल्दार र चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझ बढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको उनले बताए ।

प्रहरी कर्मचारीहरूको सेवा सुविधा, वृत्ति विकासलाई ध्यानमा राखी तल्लो वर्गका कर्मचारीहरुको मनोबल माथि उकास्न सके मात्र उनीहरुबाट प्रवाह हुने सेवा प्रभावकारी हुने भएकाले आफूले जवान हवल्दार लक्षित अभियान संचालन गरेको समेत बताए ।

उपत्यकाको सबै प्रहरी कार्यालयहरूमा मेश सुधार छिटो भन्दा छिटो सक्ने गरी सबै कार्यालयहरूले सुरु गरिसकेको र यो अभियान सम्पन्न गर्न उल्लेखनीय भुमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको कार्यक्रममा जानकारी दिए ।