
काठमाडौं, ११ फागुन । ‘के हुँदैछ आजभोलि’को अपार सफलता पछि गायिका लक्ष्मी हमालले फेरि नयाँ ‘रक पप’गीत बजारमा ल्याएकी छन् ।
यो पल्ट भने उनले फरक शैलीमा ‘यात्रा’ बोलको रक पप प्रस्तुत गरेकी छन् । गीत युट्युबमा सार्वजनिक भइसकेको छ । शब्द र स्वर लक्ष्मी आफैँले दिएकी छन् । संगीत संयोजन भने सञ्जय हमालले गरेका छन् ।
यो गीतको म्युजिक भिडियो अझ ‘दमदार’ बनाइएको छ । जसमा र्यापर हस्ती निर्णय एनएसकेलाई समेत देख्न सकिन्छ । शशांक कँडेलले निर्देशन गरेको म्युनिक भिडियोमा १० जना कलाकारले काम गरेका छन् ।















प्रतिक्रिया