
रौतहट, १० फागुन । बौधीमाई नगरपालिका ९ सरमुजवाबाट सोही नगरपालिका ८ बस्ने २५ वर्षीय नवल किशोर मुखियालाई कटुवा पेस्तोल १ थान र गोली १ राउण्डसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल चोरी गरेको शंकामा स्थानीयले मुखियालाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा मुखियाले प्रयोग गरेको बा.६ प २९११ नम्बरको मोटरसाइकलको सिटमुनी उक्त पेस्तोल र गोली फेला पारेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया