
रुकुम, ९ फागुन । पछिल्लोपटक रुकुम पश्चिममा भौतिक विकासले गति लिएको छ । रुकुम पश्चिमका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा विकास निर्माणका कामहरु धमाधम हुन थालेका छन् ।
यसवर्षदेखि बजेट बिनियोजन समयमै स्थानीय सरकार सम्म पुगेकोले विकास निर्माणका कामहरु धमाधम बन्न थालेका हुन् । विभिन्न नदिहरु र खोलाहरुमा मोटरेवल पुल, झोलुंगे पुल, सामुदायिक भवन, अस्पताल, सडक, बिजुली निर्माण र बिस्तारले गति लिन थालेको छ ।
यसैबीच रुकुम पश्चिमको आठबिसकीट नपा १३ र १४ जोडने घेत्माखोलामा पक्की पुल निर्माण हुन थालेको छ । वर्षातको समयमा खोला ठुलो हुदा गाडीहरू वारपार गर्न गाह्रो हुने गरेको थियो।
पुर्वाधार विकास कार्यालय चौरजहारिको २ करोड २८ लाख रकममा उक्त पुल बन्न थालेको हो ।
जयदेवी शिवनिर्मल निर्माण प्रालीले आगामी ०७६ मंसिर महिना सम्म उक्त पुल सम्पन्न गर्न ठेक्का सम्झौता गरेको छ । घेत्मा खोलामा पुल नहुदा बर्से्नि यात्रुले सास्ती व्यहोर्नुपर्ने बाध्यता थियो बने केहिले खोलामा बगेर ज्यान गुमाईसकेका थिए ।
यसरी लामो समयको प्रयासपछी खोलामा पुल बन्न थालेपछि स्थानीय खुशी भएका छन् । साथै डोल्पा जोडने सडकखण्ड पनि नियमित सुचारु हुने भएको छ ।















प्रतिक्रिया