
अछाम ९ फागुन । प्रहरी चौकी जयगढ, शान्तडा प्रहरी चौकी र सिउडी प्रहरी चौकीबाट खट्ेको प्रहरी टोलिले पास सहित तयारी घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ । प्रहरी टोलिले १ सय १० लिटर पास सहित ७९ लिटर तयारी घरेलु मदिरा नष्ट पारेको हो ।
जयगढको टोलीले बान्निगढी जयगढ गाँउपालिका वडा नम्बर १ बस्ने ज्ञानु शाहको घरबाट तयारी घरेलु मदिरा ३ लिटर र कच्चा पास १ सय १० लिटर तथा शान्तडाबाट खटेको टोलिले रामारोशन गाँउपालिका वडा नम्बर ६ भाटाकाटिया बस्ने राम बहादुर साउद र विर्ख बहादुर साउदले वडा नम्बर ३ शान्तडा कालापानि टोलबाट ल्याउदै गरेको घरेलु मदिरा ५६ लिटर नियन्त्रणमा लिएर नष्ट पारिएको छ ।
साथै प्रहरी चौकी सिउडीबाट खटि गएको गस्ति टोलिले चौरपाटी गाँपालिका वडा नम्बर ४ पायल चित्रे बस्ने लाल बहादुर कुंवरको पसलमा लुकाई छिपाई राखेको घरेलु मदिरा २० लिटर बरामद गरि नष्ट पारिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लगिएको मदिरा स्थानीय जनप्रतिनिधी लगाएत भद्रभलादमीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।















प्रतिक्रिया