३० आश्विन २०८३, शुक्रबार

एमाओवादी नेता डा. बाबुराम भट्टराई भारत भ्रमणमा जानुको रहस्य !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburamकाठमाडौं, २३ फागुन । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले भारत जानुको कारण खुलाएका छन् ।

नेपाली राजनीतिक बजारमा भट्टराईले आन्दोलन भन्दा पनि भारतलाई महत्व दिएको टिकाटिप्पणी भइरहेका बेला बाबुरामले भारतबाट फर्केर आफ्नो भ्रमणका बारेमा मुख खोलेका छन् ।

शुक्रबार दिल्लीबाट स्थलमार्ग हुँदै नेपालगञ्ज पुगेका नेता भट्टराईले भारत भ्रमणको उद्देश्यका बारेमा जानकारी गराएका हुन् ।

नेता भट्टराईले एमाओवादी पार्टी प्रवासी संगठनको कार्यक्रमका लागि भारत गएको बताए । एमाओवादी स्रोतका अनुसार भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा भारतीय नेताहरुसंग भेटघाट गरेका हुन् ।

उनले भारतीय जनता र त्यहाँका प्रगतिशील शक्तिले नेपालमा शान्ति प्रक्रिया सफल भएको हेर्न चाहेको बताएका छन् ।

टर्किज एयरवेजको विमान दुर्घटनापछि काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा भारत भ्रमण सकेर भारतको लखनऊ हुँदै नेपालगन्ज आएका नेता भट्टराईले पत्रकार सम्मेलन गरेरै भारतलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा जानकारी गराएको बताए ।

उनले आफ्नो भारत भ्रमणले नेपालको गौरव र स्वाभिमान बढाएको दाबी गर्दै नेपाली दूतावासमा बसेर आफूहरुले भारतीय नेताहरुलाई भेटका लागि बोलाएको जानकारी दिए ।

समानान्तर सत्ताको हैसियतले छिमेकी शक्तिहरुलाई मध्यस्थता गर्न आह्वान गर्नु जायज भएको बताउँदै उनले आफ्नो दलको समानान्तर सत्तालाई मान्यता दिएरै संयुक्त राष्ट्र सङ्घ र छिमेकी राष्ट्रले शान्ति प्रक्रियामा सहयोग पुर्‍याएको बताए ।

मुलुकको राष्ट्रिय राजनीतिमा अन्तर्राष्ट्रिय समुदायको सरोकार हुनु स्वाभाविक भएको बताउँदै उनले विदेशीको चाकडी गरेर राज्य सत्ता टिकाउनेहरुले आफ्नो भारत भ्रमणको दुष्प्रचार गरेको टिप्पणी समेत गरे ।

उनले संविधानसभा सञ्चालन गर्न सहमति आवश्यक भएकामा जोड दिँदै दलिय सहमति नभएसम्म संविधान लेखन प्रक्रिया आफूहरुलाई मान्य हुँदैन भनेका छन् । शुक्रबारै नेता भट्टराई नेपालगञ्ज हुँदै काठमाडौं आइसकेका छन् ।