
काठमाडौँ, ९ फगुन । नेकपाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अध्ययन गर्न गठित कार्यदलले अन्तिम प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन पार्टीलाई बुझाएपछि एमसीसीका सम्बन्धमा के निर्णय गर्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गर्ने जानकारी दिए । उनले पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरेअनुसार हुने बताए ।
सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदलले जनाएको छ ।
कार्यदलको प्रतिवेदन अध्ययनपश्चात पार्टी नेतृत्वले थप छलफल गरेर अघि बढ्ने बताइएको छ ।
नेकपाले एमसीसीका विषयमा पार्टी्भित्र एउटै धारणा बनाउन कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य रावल सदस्य छन् ।















प्रतिक्रिया