
झापा, ९ फागुन । दमक नगरपालिका १० स्थितबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड बिहीबार राति प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्नासाथ अपरिचित २ जना व्यक्तिहरुले झोला छाडी फरार भएपश्चात प्रहरीले झोला तालसी गर्दा उक्त हतियार फेला पारेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया