१ कार्तिक २०८३, आइतबार

सेना दिवसका अवसरमा ८ जना पत्रकार विभूषित

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले ८ जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यमका नेपाली सेनाका विषयमा समाचार लेख्दै आएका पत्रकारलाई उक्त पदकबाट विभूषित गरेका हुन् ।

विभूषित हुनेमा दीपक रिजाल (नेपाल समाचारपत्र), नारायणप्रसाद न्यौपाने (रासस), गजुरधन राई (नेपाल टेलिभिजन), परशुराम खत्री (दि राइजिङ नेपाल), दिलीप थापामगर (सरोकार टेलिभिजन), राजेश अहिराज (मधेशवाणी), परशुराम काफले (नयाँ पत्रिका) र हंशावती कुर्मी (रेडियो नेपाली सेना) रहेका छन् ।

समारोहमा इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्त र इतिहासकार प्रा.डा त्रिरत्न मानन्धरलगायत समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई विभिन्न विधाका सम्मानबाट विभूषित गरिएको थियो ।