
काठमाडौँ, ९ फागुन । सत्तारुढ नेकपाद्धारा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठीत कार्यदलले प्रतिवेदन तयार पारेको बताएको छ ।
कार्यदलको शुक्रबार बसेको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउने निर्णय गरेको छ । आजै साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइँदै छ ।
सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदलले जनाएको छ ।
कार्यदलको प्रतिवेदन अध्ययनपश्चात पार्टी नेतृत्वले थप छलफल गरेर अघि बढ्ने बताइएको छ ।
नेकपाले एमसीसीका विषयमा पार्टीभित्र एउटै धारणा बनाउन कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य रावल सदस्य छन् ।















प्रतिक्रिया