काठमाडौं । दर्जन फिल्ममा नायकको भूमिका निर्वाह गरेका अभिनेता राज क्षितित गायकको रुपमा पनि देखिएका छन् । ‘लाहुरे’ बोलको लोक गीतमार्फत उनी गायकको रुपमा देखिएका हुन् ।
गीतमा राजलाई गायिका ज्योति मगरले साथ दिएकी छन् । बिहीबार बागबजारस्थित आयोजित कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा लोकप्रिय गायक नवराज घोरासैनी, कलाकार उत्तम केसी, चलचित्र निर्देशक मदन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गीतको भिडियो समेत देखाइएको थियो । भिडियोमा गायक राजको अलवा रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनाम लगायतको अभिनय रहेको छ ।
गायक राजकै शब्द रहेको गीतमा लय नवीन रावलको रहेको छ ।
विदेशमा रहेको श्रीमान् छोडेर अर्काे केटासँग मोजमस्ती गर्ने केटीको कथा बुनेको भिडियाले समाज युवापुस्तामाझ छाएको विकृति र बिसंगतीमा पनि तिखो प्रहार गरेको छ ।
भिडियोमा सागर गौतमको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । गीतको भिडियो उत्तम वाइवा लामाले निर्देशन गरेका हुन् ।
कार्यक्रममा गायक नवराज लम्सालले नयाँ पुस्ताको आगमले लोकगीतको श्रीबृद्धीमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
गायक तथा अभिनेता राजले आफ्नो सानैदेखिको गायनको प्यास मेटाउन लोक गीत गाएको बताए । उनले यो गीत सुरुवात भएको बताउदै आगामी दिन यो भन्दा पनि राम्रा गीत संगीत दिने बाचा गरेका थिए ।















प्रतिक्रिया