
काठमाडाैं, ९ फागुन । गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा विवरणमा आएको कमिशन माग सम्बन्धीको अडियो रेकर्ड बाहिरिएपछि विभिन्न रहस्य बाहिरिने क्रम सुरु भएको छ ।
अडियोमा बास्कोटाले स्विजरल्याण्डका एक कम्पनीका प्रतिनिधि विजय मिश्रसंग ७० करोडको डिल भएको सुन्न सकिन्छ । बास्कोटा र मिश्रबीच भएको कुराकानीको अडियो सार्वजनिक पनि उनै मिश्रले गरेका हुन् ।
यदि मिश्रको बोलीलाई आधार मान्ने हो भने दुई महिनाअघि नै अडियो प्रधानमन्त्रीसम्म पुगेको थियो । बास्कोटा र मिश्रबीच भएको डिलको अडियो रेर्कड दुई महिनाअघि नै प्रधानमन्त्रीसम्म पु¥याएको पनि मिश्रले बताएका छन् ।
यसरी सरकारी तवरबाट मन्त्रीले करौडौँको डिल गरेको थाहा पाउँदासमेत प्रधानमन्त्री किन चुप बसेको भन्ने नैतिक प्रश्न पनि प्रधानमन्त्रीलाई खडा भएको छ ।
जनताले भोकै पेट बसेर तिरेको कर मन्त्रीले झ्वाम पार्न लागेको थाहा पाँउदा प्रधानमन्त्रीले कुनै एक्सन लिन पर्दैन ? मिश्रका अनुसार दुई महिनाअघि नै अडियो प्रधानमन्त्री ओलीसम्म पुगेपनि प्रधानमन्त्रीले कुनै चासो व्यक्त गरेनन् । उनले पनि केही कारबाही गर्ने छाँट देखाएनन् ।
यस घटनालाई नियाल्दा प्रतिपक्षले यस विषयमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने माग गरिरहँदा प्रधामन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने आधारसमेत खडा भएको छ ।















प्रतिक्रिया