४ कार्तिक २०८३, बुधबार

घुस बार्गेनिङमा यस्तो छ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मिश्र : यो १२ गते १२ बजेपछि स्विस एम्बेसी आउँछ… होइन त्यसमा चाहिँ स्विस एम्बेसीले बोलायो। तपाईंहरूले बोलाएर आउने होइन।

बाँस्कोटा : अँ

मिश्र : सकेसम्म एमओयु गर्ने कि भन्ने हिसाबले उ गर्न लागेको छ।

बाँस्कोटा : अँ

मिश्र : उनले चाहिँ तपाईंहरूको कार्यक्रमको उसको बारेमा एम्बेस्डरले चाहिँ छुट्टै छलफल गर्न चाहन्छ क्या उसले

बाँस्कोटा : ठीक छ

मिश्र : अँ, त्यो भएको हुनाले तपाईंले त्यति टाइम मिलाइदिनुप-यो।

बाँस्कोटा : मिलाउनुपर्छ। यो उसको लागि हामी आउट अफ ट्र्याकमा जाने कि तपाईंले भनेअनुसार नै जाने त भन्नुस्।

बाँस्कोटा : अब

मिश्र : कुराचाहिँ मैले राखेको छु।

बाँस्कोटा : क्यापेसिटीको कुरा

मिश्र : अब कुराचाहिँ मैैले राखेको छु

बाँस्कोटा : उनीहरूले नर्मलमा ५० भने

मिश्र : हँ त्यसमा

बाँस्कोटा : पहिला कति निकालेको थियो ?

मिश्र : यसमा टोटल उसको चाहिँ पर्सेन्टेजमा आउने हो/होइन फेरि

मन्त्री : टोटल कति निस्कन्छ त, अहिले त्यो हेरौं

मिश्र : केही न केही त भइरहेको छ होइन, त्यही बेसमा जाने हो हामी त अब… उनीहरूले त, अरूले नि त्यही मूल्य त्योभन्दा अलि बढी हाल्यो। उनीहरूको मूल्यमा भन्दा अलि बढी हालेको भए पुग्थ्यो होइन। त्यसमा त्यस्तो केही छैन। बेसचाहिँ तपाईंहरूकै उसमा जाने हो, हामी हँ हँ त्यसो भा तपाईंले चाहिँ।

बाँस्कोटा : अब सकेसम्म २५, २७ अर्बमा यो टोटल सक्न पाए हुन्थ्यो भन्ने लागेको छ। मान्नुहोस् २५ निस्कियो भने कति आउँला ?

मिश्र : ७० जति आउँदैन, यो आउट अफ उसमा जाँदाखेरि ७० को हाराहारीमा ६० देखि ७० को हाराहारीमा आउँछ कि ?

बाँस्कोटा : तपाईंलाई के गर्छन् ? तपाईंलाई छुट्टै गर्छन् ?

मिश्र : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान।

बाँस्कोटा : ७४, ७५

मिश्र : यसमा चाहिँ ३०, ७० प्रतिशत तपाईंहरूलाई दिने होइन, ३० प्रतिशत हामी राख्ने भन्ने टार्गेट छ। हाम्रो एकदम ट्रान्सपरेन्सी हुन्छ त्यसका केही छैन।

बाँस्कोटा : त्यसो हुँदा कति हुन्छ ?

मिश्र : ५४, ५५ तपाईंहरूलाई आउने १५, १६ हामीलाई आउने। हामीले नि त अलिअलि त होइन, अब आउट अफ ट्र्याक जाने हो भने…

मन्त्री : तपाईं हामी हिसाब…

मिश्र : त्यो तपाईंले गर्नुहोस् सबै

मन्त्री : एउटा के नरहनुस् भने

मन्त्री : यस्तो कुरामा यी (मुख छाड्दै) कर्मचारीसँग लाग्यो भने यिनीहरूले हेप्छन्। कुरा बुझ्नुभयो।

मिश्र : हो हो मन्त्री यो कुरा सचिवलाई पनि नभनौं।

मिश्र : ठिकै छ, त्यो त्यसो भए म आफैं गराऊँ।

बाँस्कोटा : एउटा स्टिमेट पनि बनाएर ल्याउनुपर्छ।

मिश्र : उसले त लगभग लभगभ, उसले त बनाएर राखिराखेको छ।

बाँस्कोटा : यो मु… ले बनाएको त ३५ अर्बको छ नि। यो ३५ अर्ब नि नभएपछि त २७ अर्बको निस्केपछि त २८ बनाउनुस्।

मिश्र : सुन्नु त यो म, म गर्छु। नागरिक दैनिकबाट साभार