काठमाडाैं, ९ फागुन । मन्त्रीसँग अडियो संवाद लिक गराउने स्वीस कम्पनीका एजेन्ट विजय मिश्रले मन्त्रीले आफूसँग दुई अर्ब कमिसन मागेको गरेका छन् ।
उनले नर्मल ढंगले जाँदा कम्पनीले दिने प्रतिशतका आधारमा ७४, ७५ करोड मात्र आउने भएकाले स्टिमेट बढाएर तथा अन्य प्रक्रियाबाट मात्र उक्त रकम दिन सकिने आफूले बताएको मिश्रको भनाइ छ।
मिश्र कै भनाइलाई आधार मान्दा सेक्युरिटी प्रेस स्थपनाका लागि २७ अर्ब पर्नेमा बाँस्कोटाले २८ अर्बको स्टिमेट बनाउन लगाउनुको उद्देश्य पनि कमिसनकै खेल हो। कुराकानीमा मिश्रले स्याटलाइट खरिदको विषयमा पनि बाँस्कोटासँग भएको डिलको अडियो सुरक्षित भएको बताए। उनले त्यो डिल भने अहिले नै बाहिर नल्याउने जनाए।
त्यसो त मिश्र पनि विवादित व्यक्ति भएको आरोप लागेको छ। लेखा समितिले केही समय अघि विज्ञको रुपमा बोलाएका मिश्र मेसिनरी एण्ड सेक्युरिटी प्रिन्टिङ प्रालिका सञ्चालन रहेको पाइएको छ। उजुरी गर्ने व्यक्ति नै विज्ञको रुपमा बोलाइएको भन्दै लेखा समितिका सदस्यबीच असहमति देखिएको थियो।
स्वीस कम्पनीको एजेन्ट मिश्रले आफूले प्रस्ताव गरेको कम्पनीले ठेक्का नपाएपछि मन्त्री बाँस्कोटासँग भएको कमिसन डिलको अडियो रेकर्ड बाहिर ल्याइदिएका हुन्। मिश्रले स्याटलाईटको विषयमा गरेको डिलको संवाद पनि त्यसैमा रहेकाले त्यो पाटो चाँही काटेर आफूले अडियो सार्वजनिक गरेको बताए।
उनले अहिले खरिद गर्न खोजिएको सेक्युरिटी प्रेस सात अर्ब भन्दा बढी पर्ने उनको भनाइ छ। मिश्रले प्रस्ताव गरेको स्वीस कम्पनी केबिए नोटासिसलाई विदेशी एजेन्टसँग भ्रष्टाचार रोक्न भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया