काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ९५ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २७ प्रतिशतले बढेपछि नाफा पनि बढेको हो । बैंकले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार ३ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको उल्लेख छ ।
यस अवधिमा बैंकले ६६ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
वाषिर्क विन्दुगत आधारमा ४४ रुपैयाँ ७२ पैसा रहेको । बैंकको कूल सम्पत्ति ९४ हर्ब ३२ करोड ५३ लाख रुपैयाँ छ । त्यसैगरी बैंकको खराब कर्जा ६.६८ प्रतिशत रहेको छ ।














प्रतिक्रिया