
काठमाडौं, ६ फागुन । छाेरीलाई बलात्कार गर्ने बाबुलाइै जिल्ला अदालत मकवानपुरले ३७ वर्षको जेल सजाय फैसला गरेको छ ।
एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ ।
जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको सोमबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबलाई किशोरी छोरी बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
२०७५ चैत २ गते १७ वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा छुरी देखाएर उनले बलात्कार गरेका थिए ।














प्रतिक्रिया