१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसका कारण वुहान अस्पतालकै निर्देशकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।   चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशककै मृत्यु भएको छ ।

वुहान अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको हो । कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो।

अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बिरामी परे। उपचारको क्रममा मंगलबार उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ।