३ कार्तिक २०८३, मंगलबार

मौसम : मङ्गलबार घाम नलाग्ने, बुधबार र बिहीबार पानी पर्ने सम्भावना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।  मङ्गलबार पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएको छ । यही असरका कारण पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

यस्तै बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने मौसमविद् पोखरेलले बताउनुभयो । आउँदो बिहीबार देशभर सामान्यदेखि मध्यमस्तरको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशााखाले अनुमान गरेको छ ।

मङ्गलबार काठमाण्डौ उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसमविद्ले बताएका छन् ।