काठमाडौं, ६ फागुन । पूर्व सांसद तथा नेपाली कांग्रेस गुल्मीका पूर्व पार्टी सभापति भागवत ज्ञवालीको निधन भएको छ ।
काठमाडौंको अल्का अस्पतालमा उपचाररत ज्ञवालीको ७७ वर्षको उमेर मंगलबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
नेपाली कांग्रेसमा आफ्नो अमूल्य जीवन अपर्ण गरेका ज्ञवाली पछिल्लो समय समाजसेवामा समेत क्रियाशील थिए ।
ज्ञवालीको निधनप्रत्ति सिंगो नेपाली कांग्रेस र गुल्मी कांग्रेसका अभिभावक गुमाएको कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए ।
गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठले पार्टीका मार्गदर्शक तथा अभिभावक गुमाएको भन्दै श्रद्धाञ्जलि समेत व्यक्त गरेका छन् ।
ज्ञवाली गुल्मीका संस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य हुन् । ज्ञवालीको मंगलबार मध्यन्ह १२ बजे पशुपति आर्यघाटमा दाह संकार गरिनेछ ।














प्रतिक्रिया