१ कार्तिक २०८३, आइतबार

कश्मीरको पक्षमा बोल्ने बेलायती सांसदलाई भारतले परिवारलाई भेट्न दिएन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।  कश्मीरको पक्षमा लगातार आवाज उठाउँदै आएकी बेलायती सांसदलाई भारतले विमानस्थलमै रोेकेको छ ।

विवादित कश्मीर क्षेत्रबारे संसदहरुको समूहको नेतृत्व गर्दैआएकी बेलायती सांसद डेबी अब्राहम्सलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै यहाँका अधिकारीले रोकिदिएका हुन् ।

डेबी बेलायतको लेबर पार्टीको तर्फबाट सांसद हुन् । जो भारतमा आफ्नो परिवारलाई पनि भेट्ने योजनामा थिइन् । डेबी यही सोमबार दुबइबाट नयाँदिल्ली आइपुगेकी थिइन् ।

विमानस्थलमा अधिकारीले उनलाई विमानस्थलबाटै फिर्ता पठाइदिएका हुन् । विमानस्थलले उनलाई भिसा अस्वीकृत भएको भन्दै फिर्ता पठाएका हुन् ।

बेलायती सांसद डेबी भारत प्रशासित कश्मीरको पक्षमा बोल्दैआएकी छन् । साथै भारत सरकारले संविधानबाट धारा ३७० हटाएकोमा आलोचना गर्दैआएकी थिइन् ।