३० आश्विन २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य लिटरमा एक रुपैयाँ बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-Pumpकाठमाडौं, २२ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो ।

निगमले प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ८७ रुपैयाँ ५० पैसा कायम गरेको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

स्वचालित मूल्य प्रणाली लागु भएपछि लगातार आठ पटक घटेको पेट्रोलियम पदार्थको मूल्य शुक्रबार पहिलोपटक बढेको हो ।