१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस : मृत्यु हुनेको संख्या १६ सय नाघ्यो, ६८ हजार संक्रमित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन ।  चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म एक हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।

यसैबीच कोरोनाको संक्रमणबाट फ्रान्समा एक जनाको मृत्यु भएको छ । चीनको भ्रमण गरेर फर्किएका एक जनाको फ्रान्समा मृत्यु भएको हो । योसँगै कोरोनाका कारण चीन बाहेह अन्यत्र मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि हङकङ, फिलिपिन्स, र जापानमा एक एक जनाको मृत्यु भइसकेको थियो । कोरोनाको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको छ ।

चीनमा मात्र ६८ हजार सर्वसाधारण कोरोनाको संक्रमणमा रहेका छन् ।