४ कार्तिक २०८३, बुधबार

नेपाली भूमि मिचेर भारतद्वारा सडक निर्माण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ४ फागुन । ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको छ ।

त्रिदेशीय सीमा क्षेत्र ब्यास गाउँपालिका–१ र २ को सीमा क्षेत्रमा करिब एक किलोमिटर परबाट डेढ सय मिटर तथा त्यसकै केही अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर जतिको डोजर जाने सडक बनाएको छ।

एकतर्फी रुपमा सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकका कारण महाकाली साँघुरिदै र नेपालतर्फको घोरेटो बाटोमा समेत क्षति गरेको छ। नदीको वारिपारि ठूल्ठूला ढुंगाहरुले पानी नै देखिँदैन। धेरै ठाउँमा नदीले कटान गरेपछि ब्यास जोड्ने घोरेटोको भत्किएको छ। भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई कुनै जानकारी नदिई अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो।

नेपाली भूमिमा भारतले डोजर गुडाउने बाटो बनाएको तीन साता बढी भएको स्थानीयले बताए। एउटा काठेपुल डेढ महिना अघि र दोस्रो महिना दिन अघि राखेको हो। उनले भने, ‘सडक खनेको ठ्याक्कै दिन बिर्सें। चानचुन दुई साताभन्दा बढी नै भएको छ।’

माल्पा नजिकको काटार नजिक अन्तर्राष्ट्रिय सीमा नदी महाकालीकोबीच भागमा ठूल्ठूला ढुंगा नदीको माथि राखेर पानीलाई ढुंगामुनि छिराएर जुनसुकै सवारी साधन गुड्ने सडकजस्तै पुल बनाएको छ। त्यसको करिब ७ सय मिटर पर पेल्सितिमा महाकाली वारपार गर्ने राम्रो काठेपुल राखेको छ। ‘भारतले दुईवटै ठाउँमा तीनदेखि चार मिटर चौडा सडक खनेर दैनिकजसो निर्माण सामग्री ढुवानी गर्दै आएको छ,’ स्थानीय एक जना कामदारले भने, ‘आवश्यक परे डोजरहरु पनि यताउता हुने गर्छन्। उक्त ठाउँको भारततिर कडा चट्टानी भूभाग र नेपालतर्फ माटो भरिएको जमिन हुँदा भारतले निर्माण सामग्री ढुवानी गर्न सडक खनेको हो।

माल्पा नजिक काठका तीन/चार डड्डी लगाएर सामान तार्ने र त्यसको करिब ६ सय मिटर पर काटार पानीमा कल्भर्ट जस्तै पुल राखेको छ। प्रायजसो उक्त क्षेत्रबाट आवतजावत गर्ने मानिसहरु यही बाटो प्रयोग गर्ने गरेको कामदारले बताए। उनले भने, ‘हामी त जुनसुकै बाटो प्रयोग गरेर सामान ढुवानी गर्दै आएका छौं। काटार पानी नजिकको पुलबाट जान करिब ३० मिटरको उचाई चढ्नुपर्ने हुँदा माल्पानजिक काठको सानो पुल बनाएर आवतजावत गरिन्छ।’

उक्त क्षेत्रमा भारतले मनोमाढी ढंगले नेपाली भूमि आएर डोजर लैजान सडक खनेको र महाकाली नदीमा काठेपुल लगाएको बारेमा नेपाली पक्ष बेखर छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय, सीमाको रेखदेख गर्न जिल्लामा रहेको सीमा सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि बुझ्दा बेखबर भएको प्रतिक्रिया दिएका छन्। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।