
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे १५ फागुनमा तय भएको छ ।
एक बर्ष अघि इन्गेज्मेन्ट गरेको यो जोडी त्यसअघि लामो प्रेम सम्बन्धमा थियो । गएको बैशाखमा नै बिहे हुने बताइए पनि एक बर्षसम्म यो जोडी प्रणय शुत्रमा नै रहेको थियो ।
अभिनेत्री कार्कीले नै बिहेको मिति तय भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छन् । उनले २७ फेब्रुअरीको मिति सार्वजनिक गरेकी हुन् जसको नेपाली मिति १५ फागुन हुन्छ ।
केही साता अघि मात्र अभिनेत्री कार्कीले बिहेको मिति नजिकिएको भन्दै थाइल्यान्डमा ब्याचेलर पार्टी दिएकी थिइन् ।















प्रतिक्रिया