९ मंसिर २०८३, बुधबार

नेपालमा गरिबी छ, तर एउटा कोही भोकले मर्दैन : प्रधानमन्त्री ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालका कोही पनि भोकले नमर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले सरकारले कर बढाएको भन्दै भ्रम छर्ने काम भएको भन्दै ओलीले सरकारले कर नबढाएको तर करको दायर भने बढाएको बताउनुभयो ।

देशको ढुकुटी बालियो भए मात्रै देश विकासमा अगाडि बढ्ने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो वर्ष आधार वर्ष भएको र चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्ष भएको बताए ।