काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको छ ।
कतारको दोहामा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा अल आउट हुँदै ७२ रन मात्र बनाएको थियो ।
समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग पराजित भएसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो ।
नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाएका थिए भने बसिर अहमदले ११ रन बनाएका थिए । यी दुवै बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यस्तै, पाकिस्तान ‘ए’का बलर मुहमद हसनैन र सुफयान मोकिमले ३/३ विकेट लिएका थिए भने मोहमद इमरान रान्धावाले २ विकेट र मास सदाकतले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा अल आउट हुँदै १६८ रन बनाएको थियो ।
पाकिस्तान ‘ए’का लागि नोहैल नाजिरले अविजित ६४ रन बनाएका थिए भने हसन नवाजले २८ रन बनाए ।
नेपालका बलर रासिद खानले ५ विकेट लिए भने अभिशेष गौतमले २ तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एकएक विकेट लिएका थिए ।











प्रतिक्रिया