
काठमाडौं, ३ फागुन । सरकारले कोरोना प्रभावित चीनबाट नेपाली विद्यार्थीलाई शनिबारदेखि स्वदेश ल्याउन थालेको छ ।
त्यसका लागि चीनस्थित नेपाली दूतावासले बुहानलगायतका क्षेत्रमा रहेका नेपालीलाई विमानस्थलसम्म ल्याउनका लागि ५ वटा बस पठाएको छ ।
कोरोनाको संक्रमणले चीनको बुहान क्षेत्रमा भयावह अवस्था रहेका कारण नेपाल फर्किनका लागि सर्वसाधारणले सरकारसँग बारम्बार अनुननय गरेका थिए ।
उनीहरूलाई स्वदेश फर्काएपपछि दुई सातासम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण गराइनेछ । नेपाल फर्काउनुअघि विमानस्थलमा पनि स्वास्थ्य परिक्षण हुनेछ ।











प्रतिक्रिया