१ कार्तिक २०८३, आइतबार

कोरोना प्रकोप : शुक्रबार मात्रै १३९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३ फागुन ।   कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १३९ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन् ।

शनिबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय २६ पुगेको छ । त्यसमध्ये फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मृत्यु हुने एक हजार ५ सय २३ मध्ये एक हजार एक सयय २३ हुबेईकै मात्रै छन् ।

शुक्रबार चीनमा थप २ हजार ६ सय ४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ हजार एक सय पुगेको छ ।

जसमध्ये ६६ हजार ४ सय ९२ संक्रमित चीनकै छन् । त्यस्तै ८ हजार एक सय ४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।