९ मंसिर २०८३, बुधबार

प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन ।  शुक्रबार स्थगित भएको प्रतिनिधिसभाको बैठक शनिबार बस्दै छ । शनिबारको बैठकमा प्रधामन्त्री केपी ओली शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकार गठन भएको दुई वर्ष पुरा भएको अवसरमा शुक्रबार प्रधानमन्त्रीले प्रतिनिधिसभालाई विशेष सम्बोधन गर्ने तय भएको भएपनि नेपाली कांगे्रसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव परित गर्दै बैठक स्थागित भएपछि प्रधानमन्त्री ओलीको सम्बोधन पनि आजको लागि सरेको हो ।

बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षमा सरकारले हाँसिल गरेका उपलब्धी र प्रगतिका बारेमा सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।

राष्ट्रियसभाका सदस्य तथा नेपाली कांग्रेसका सांसद उपाध्यायको क्यान्सर रोग क्यान्सर रोगका कारण भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा हिजो बिहान निधन भएको थियो ।