लण्डन, १ फागुन । नापोलीले इटालियन कोपा इटालियाको सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा जित निकालेको छ । अवे मैदानमा बुधबार राति भएको खेलमा नापोलीले इन्टर मिलानलाई १–० ले पराजित गरेको हो ।
नापाेलीको जितमा फाबियन रुइजले ५७ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । हाल सिरी ए फुटबलको शीर्ष स्थानमा रहेको इन्टर मिलानले यो सिजन घरेलु मैदानमा दोस्रो हार बेहोरेको हो ।
दोस्रो लेग आउँदो मार्च ५ मा नापोलीको मैदानमा हुनेछ । बिहीबार अर्को सेमिफाइनलको पहिलो लेगमा एसी मिलानले युभेन्टसको सामना गर्ने छ ।















प्रतिक्रिया