१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज साँझ राष्ट्रपति निवास शीतलनिवासमा उहाँहरुबीच पहिलो पटक शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उहाँहरुबीच समसामयिक र संसद् गतिविधिबारेमा छलफल भएको थियो ।

करीब एक घण्टा भएको छलफलमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले चालु संसद्बारे जानकारी गराउनुभएको थियो । सापकोटा गत माघ १२ गते सभामुखमा निर्वा्चित हुनुभएको थियो । –रासस