६ कार्तिक २०८३, शुक्रबार

पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट दायर

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । बालुवाटारस्थित ललितानिवास प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषदको निर्णय नीतिगत हुने भन्दै पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा चलाएको थिएन । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा अख्तियारको त्यस्तो व्याख्या गलत भएको भनी सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबैलाई भ्रष्टाचार मुद्दा लगाउन माग गर्दै रिट दर्ता भएको हो ।