काठमाडौं, २९ माघ । नेकपा नेता रामेश्वयर फुयाँल प्रदेश ३ सरकारको भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘ख’बाट निर्वाचित फुयाँललाई मुख्यमन्त्री डोरमणि पौडेलले उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मन्त्री फुयाँलले बुधबार पद तथा गोपनियताको शपथ लिनेछन् । यसअघि संविधान सभामा समेत प्रतिनिधित्व गरेका फुयाँल तत्कालिन भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त भएपछि उक्त मन्त्रालयको जिम्मेवारीमा पुगेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस