४ कार्तिक २०८३, बुधबार

ओस्कार विजेता निर्देशकलाई ब्राउनसँग डिनर गर्ने इच्छा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएन्जलस । ओस्कार अवार्ड जितेर ऐतिहासिक उचाइँ हाँसिल गरेका दक्षिण कोरियाली निर्देशक बोङ्ग जून–होको चर्चा सर्वत्र छ । उनको चलचित्र पारासाइटले सर्वोत्कृष्ट चलचित्रको अवार्ड पायो ।

होले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए । ओस्कारको ९२ वर्षको इतिहासमा गैरअंग्रेजी भाषामा बनेको चलचित्र सर्वोत्कृष्ट ठहर भएको यो पहिलो पटक हो ।

नेपाली समय अनुसार गएको सोमबार बिहान भएको ओस्कार अवार्ड समारोहपछि विश्वव्यापी रुपमा निर्देशक होका बारेमा चासो बढेको छ । यहि चासोकाबिच उनी फुटबलका फ्यान रहेको खुलेको छ ।

उनी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फ्यान हुन् । उनलाई मन पर्ने खेलाडी हुन्, केविन डी ब्राउन । निर्देशक हो डी ब्राउनसँग डिनर गर्न चाहन्छन् । डी ब्राउनसँग बसेर स्पेनिस परिकार खाने उनको ठूलो चाहना छ ।