९ मंसिर २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा नेकपा स्थानीय नेताको मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ माघ । चितवनको माडीमा सोमबार राती भएको मोटरसाइकल दुर्घटनामा नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता दामोदर बस्यालको मृत्यु भएको छ ।

माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गरेका बस्यालले चलाएको प्रदेश नं.३–००१प–३५९६ नम्बरको मोटरसाइकल वडा नं. ६ स्थित तमुचोकमा अनियन्त्रित भएर पल्टिएको थियो ।

गम्भिर घाइते बस्यालको भरतपुरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बस्यालको पार्थिव शरिरमा नेकपा चितवन अध्यक्ष यमबहादुर परियार र माडी नगरप्रमुख ठाकुर ढकालले झण्डा ओढाएका थिए । बस्यालले अनेरास्ववियुबाट कम्युनिस्ट राजनीति गरेका थिए ।