३ कार्तिक २०८३, मंगलबार

प्रतिनिधिसभा बैठक आज बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ ।   संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक आज दिँउसो १ बजे बस्दैछ ।

बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।

यस्तै, कानुन,न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रमाण (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्नेलगायत कार्यसूचीमा उल्लेख छ।

प्रतिपक्षी दल कांग्रेसले गत बिहीबार र शुक्रबार अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।