६ कार्तिक २०८३, शुक्रबार

एसएसपी राणालाई यौन उत्पीडनको मुद्दा गर्ने महिलाको नेताहरूसँग ‘उठबस’, अनुसन्धानमा अर्को युटर्न

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुखका रुपमा कार्यरत रहँदा नै यौन उत्पीडनको मुद्दा लागेका निलम्बित प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई अभियोग लगाउने महिलाको विभिन्न दलका नेतासँग ‘उठबस’ रहेको खुलेको छ ।

व्यावसायीक भन्ने र विभिन्न तहका व्यक्तिसँग अन्तरंग सम्बन्ध कायम राख्ने ति महिलाले कार्यकारी पदमा रहेका विभिन्न नेतासँगको सम्बन्धको बलमा नै एसएसपी राणालाई यौन उत्पीडनको मुद्दा लगाएको फेला परेको हो ।

गृह मन्त्रालयका अधिकारी, नेकपाका विभिन्न नेतासँग पनि उनको सम्बन्ध रहेको र सोही आधारमा एसएसपी राणालाई दबाबमा राख्न उनले मुद्दा दायर गरेको फेला परेको हो ।

मुद्दा लाग्नासाथ एसएसपी राणा जिल्ला प्रहरी कार्यालय सुनसरीमा अनुसन्धानका लागि उपस्थित भएका थिए । उनलाई पछिल्लो पटक अदालतले ८ दिन अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

‘यस प्रकरणमा राणाले अनुसन्धानका लागि सहयोग गरिरहेका छन् । तथ्यगत आधारमा नै प्रहरीले सरकारी वकिलको कार्यालयमा राय बुझाउनेछ’, सुनसरी प्रहरी स्रोतले भन्यो ।

यसका साथै यस प्रकरणको अनुसन्धानमा अर्को युटर्न पनि आएको छ । गएको २५ साउनमा इटहरीस्थित पाथिभरा होटलमा जवरजस्ती करणी गरेको आरोप लगाएकी महिलाले मुद्दा फिर्ताका लागि सरकारी वकिलको कार्यालयमा धाउन थालेकी छन् ।

महिलाले अहिले प्रहरी र सरकारी वकिलको कार्यालयले आफ्नो सहमति विपरीत मुद्दा चलाएको भन्दै मुद्दा फिर्ता गराउन भन्न थालेकी छन् ।

यौन उत्पीडनको अभियोग लगाउने पीडित भनिएकी ति महिलाले आफूसँग एसएसपी राणाको लेनदेनसम्बन्धी मात्र विवाद रहेको बताउन थालेकी छन् ।

घटना भएको भनिएको २५ साउन २०७६ मा राणा काठमाडौं र महिला झापामै रहेको खुलेको स्रोतले बतायो । सिडिआर (कल डिटेल रेकर्डर) अनुसार दुबैजनाको कल लोकेशन काठमाडौं र झापा देखाएको स्रोतको दाबी छ ।

एसपी हुँदादेखि नै ति महिलाको सम्बन्ध एसपी राणासँग रहेको दाबी गरिएको थियो ।