३ कार्तिक २०८३, मंगलबार

एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लियाे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २६ माघ । ग्रानाडालाई पराजित गर्दै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।

अघिल्लो सिजनको तुलनामा कमजोर देखिएको एट्लेटिको मड्रिडले यो सिजन सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । मड्रिडमा भएको खेलमा एटेलेटिकोले ग्रानाडालाई १–० ले हरायो ।

एट्लेटिकोको जितमा एन्जल कोरियाले निर्णायक गोल गरे । खेलको छैटौं मिनेटमा नै कोरियाले कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

खेलमा अधिकांश बल पोसेसन आफ्नो पक्षमा राखेपनि ग्रानाडाले गोल भने गर्न सकेन । जितसँगै एट्लेटिकोले ३९ अंक बनाएको छ । ग्रानाडा भने ३० अंकसहित दशौं स्थानमा छ ।

भ्यालेन्सियालाई ३–० ले हराउँदै गेटाफे तेस्रो स्थानमा उक्लिएको छ । गेटाफेको जितमा जर्ज मोलिनाले दुई गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ५८औं मिनेटमा मोलिनाले रिबाउण्ड बललाई गोलमा परिणत गरे भने ६७औँ मिनेटमा एक्लो प्रयासमा गोल गरेका थिए ।

८७औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई जित दिलाए । यो जितसँगै गेटाफले च्याम्पियन्स लिगको सम्भावना बलियो बनाएको छ । गेटाफले ४२ अंक बनाउँदै तेस्रो स्थानमा छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोनाको ४६ अंक छ भने ४९ अंक सहित रियल शीर्षमा छ ।