
काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको हो।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५९ रन बनाए। उनले १ छक्का र ६ चौका प्रहार गरे। त्यस्तै कुशल मल्लले आफ्नो डेब्यू खेलमै विश्व कीर्तिमानसहित अर्धशतकीय पारी खेले ।
उनले ५१ बलको सामना गर्दै ५० रन जोडे। उनले सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाउँदै उत्कृष्ट डेब्यू गरेका हुन्। यसैगरी नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडे भने पारस खड्काले १९ रन बनाए।
नेपाललाई मध्यम स्कोरमै रोक्न अमेरिकाका लागि क्यामेरोन स्टेभेन्सनले ३ विकेट लिए। त्यस्तै रस्टी थेरोन र सौरभ नेत्रवाल्करले २/२ विकेट लिए।















प्रतिक्रिया