३ कार्तिक २०८३, मंगलबार

नेपाल र अमेरिका बीचको खेल जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैं, २५ माघ ।  काठमाडौंमा जारी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाल र अमेरिका बीचको खेल जारी छ ।

कीर्तिपुरको टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा ओपनर सुवास खकुरेलले अवशर पाएका छन् । ओमानसँगको खेलमा सर्वाधिक ५५ रन बनाएका शरद भेषवाकर चोटका कारण खेल्न नसक्ने भएपछि खकुरेललाई मैदानमा उतारिएको हो ।

नेपाललाई आजको खेल जित्नै पर्ने दबाव परेको छ । यसअघि पहिलो खेलमा नेपालले ओमानसंग १८ रनको हार बेहोरेको थियो ।

अमेरिका पनि पहिलो खेलमा ओमानसंग ६ विकेटले पराजित भएको थियो ।

विश्वकप क्रिकेट लिग दुई लाई सन् २०२३ मा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमा समेत हेरिएको छ ।

सात टोली सहभागी यो प्रतियोगिताका शीर्ष दुई स्थानमा अमेरिका र ओमान रहेका छन् । एउटा खेल मात्रै खेलेको नेपालले अंक जोड्न सकेको छैन ।

अहिलेसम्म ९ खेलबाट अमेरिका र ८ खेलबाट ओमानको समान १२ अंक छ ।

८ खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड तेस्रो, ७ खेलबाट ८ अंक जोडेको नामिबिया चौथो स्थानमा छ ।

पाँचौ स्थानको युएईले ७ खेलबाट ७ अंक जोडेको छ । पहिलो खेल हारेको नेपाल छैटौं तथा ८ खेल खेलेर अंकविहीन पपुवा न्यूगिनी पुछारमा छ ।