४ कार्तिक २०८३, बुधबार

धानीमै भारतीय नागरिकलाई नागरिकता बनाउने प्रयास

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले नक्कली कागजात लिएर नागरिकता बनाउन आएका चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

आचार्यका अनुसार उर्मिला आफ्नी आमाका दोस्रा पति रेशमलाल गुरुङसँग नागरिकता बनाउन आएकी थिइन् । जबकि, उनी भारतीय नागरिककी छोरी हुन् । उनकी आमाले भने उनी जन्मिएपछि भारतीय नागरिकलाई छोडेर नेपालकै रेशमलालसँग दोस्रो विवाह गरेकी थिइन् ।

भारतीय नागरिकबाट जन्मिएकी भए पनि उर्मिलाको नागरिकताका लागि तयार पारिएको सिफारिसमा बाबुको नाम रेशमलाल उल्लेख गरिएको थियो । जिल्ला प्रशासन कार्यालका अधिकारीले नागरिकता का लागि उर्मिलासँग बाबुका बारे सोधीखोजी गर्दा उनले कुन बाबु ? पहिलो कि दोस्रो भनेर जवाफ दिएपछि उनी भारतीय नागरिक भएको खुलेको थियो ।

त्यसलगत्तै उनीहरूलाई पक्राउ गरिएको थियो । उर्मिला भारतीय नागरिकबाट जन्मिएकी भएकाले उनलाई नागरिकता दिने नमिल्ने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रहरी नियन्त्रणमा रहेका चारै जनालाई २५ माघसम्मको म्याद थप गरी अनुसन्धान जारी राखिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबेन्द्र बोगटीले जानकारी दिए । यस प्रकरणमा नागरिकताका लागि सिफारिस गर्नेहरूमाथि समेत प्रहरीले छानबिन थालेको छ ।

यस प्रकरणमा टोखा नगरपालिका– ३ का अध्यक्ष सिंहराज श्रेष्ठमाथि समेत छानबिन थालिएको प्रहरीले जनाएको छ । अध्यक्ष सिंहले भने आफूमाथि छानबिन नगरिएको दाबी गरे । श्रेष्ठले निज उर्मिला र कल्पनाबारे आँबुखैरिनी गाउँपालिका तनहुँले जन्म र बसाइँसराइ दर्ता गरेको पत्रको आधारमा सिफारिस गरेको बताए ।

‘आँबुखैरेनी गाउँपालिकामा बुझ्दा सरजमिन गरेरै सिफारिस गरेको भनेका छन्,’ अध्यक्ष श्रेष्ठले भने ।
बाबु बनेका रेशमलाल गुरुङको स्थायी ठेगाना आँबुखैरिनी गाउँपालिका–१ भएको हुनाले उनीहरूले उर्मिलाको जन्म दर्ता र बसाइँसराइ त्यहाँबाटै बनाएर ल्याएका थिए । तर, बसाइँसराइ र जन्म दर्ता ल्याएपछि टोखाका वडा अध्यक्षले सहजै सिफारिस दिएको देखिएको छ ।

२०५२ साल २५ भदौमा जन्मिएकी भनिएकी उर्मिलाको भने जन्म दर्ता २०७४ साल १४ माघमा मात्रै बनाइएको छ । यति धेरै समय पछि नागरिकता बनाउन आउँदा पनि कुनै निकायले ध्यान नदिँदा समस्या आएको जिल्ला प्रशासन कार्यालय काठमाडांैले जनाएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।