१३ कार्तिक २०८३, शुक्रबार

रामबहादुर बमजनका मुख्य शिष्य पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ ।    बलात्कार र हत्यासहित आरोपमा फरार भएका तपस्वी रामबहादुर बमजनका मुख्य शिष्यलाई प्रहरीले पक्राउ गरेको छ ।

बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन्।

बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले महामार्ग गुरु भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले पक्राउ लिएको हो।

बिहानै आश्रम पुगेको नेपाल प्रहरीको एउटा टोलीले सोधपुछपछि उनलाई गिरफ्तार गरेको हो। तर प्रहरीले भने कसैलाई पक्राउ नगरिएको बताएको छ ।