
सांकेतिक तस्वीर
भैरहवा, २३ माघ । भैरहवास्थित गल्लामन्डीमा चोरी तस्करी गरेर समान राखेको भन्दै राजस्व अनुसन्धान विभागले छापा हानेको छ ।
राजस्व अनुसन्धान विभाग बुटवलको टोलीले चोरी तस्करी गरेको समान राखेको भन्दै भैरहवाको गल्लामन्डीमा छापा हानेको हो । राजस्व अनुसन्धानले गोदाम घर भन्दै छापा हानेको घर संघीय समाजबादी पार्टिका स्थानिय नेताको भएको बताइएको छ ।
राजस्व अनुसन्धान विभाग बुटवलका प्रमुख विजय रानाको नेतृत्वमा आएको टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्राईएको समानसहित गोदाम घर बनाएको सूचनाको आधारमा गल्लामन्डीमा छापा हानेको राजस्व अनुसन्धान विभाग बुटवलको अधिकृत धनिश्वर अर्यालले बताए ।
गल्लामन्डीमा चोरी तस्करी गर्नेहरुले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरी निर्वाध रुपमा समान थन्काउने गरेका छन् ।
गल्लामन्डीका एक जना व्यापारीका अनुसार उनीहरुले पारीबाट विभिन्न समान ल्याउने र वारीको बिल बनाएर काठमाण्डौँ, नारायणगढ पठाउने गरेको बताए ।
गल्लामण्डीस्थित दया पथको एउटा सानो गल्लीमा गोदाम घर नै बनाई अन्य ठाउँमा सामान पठाउने गरेको खुलेको छ ।
खुल्ला सीमा नाकाको फाइदा उठाउँदै इन्भटर, टिभि, मटर, इन्जीन देखि इलेक्ट्रोनिक सामानहरु राख्ने गोदाम घर नै बनाई भारतीय नम्बरको मोटरसाइकलमा तस्करहरुले ओसार पसार गर्ने गरेका छन् ।
बिहान ११ बजे शसस्त्र प्रहरीबल भन्सार तथा राजस्व गस्तीको टोलीले सूचना पाएर चेकजाचकोलागि आएको थियो ।
तर उक्त टोलीले घर गोदाम खानतलासी गर्ने कानूनि अधिकार नभएकोले बुटवलबाट राजस्वको टोली आउदा सम्म भित्र गोदामा राखिएका सबैजसो समानहरु भित्रभित्रै अन्यत्र सारिएको हुन सक्ने प्रहरीले बताएको छ ।
तथापी राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले ३ वटा अवैध युपीएस बरामद गरेको छ ।















प्रतिक्रिया