
काठमाडौँ, २३ माघ । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर विधेयक सर्वसम्मतले पारित गरेको हो ।
लाइसेन्स लिनुपर्ने व्यवस्था हटेपछि सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुशी प्रकट पनि गरे ।
पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैँमा नराम्रो नभएको पनि मन्त्री बास्कोटाले बताए ।
‘सेकेण्ड सेकेण्डमा परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको संभावना बोकेको क्षेत्रलाई आफैँ कम्पिटिटिभ छ भने त्यो व्यवस्था (लाइसेन्स) किन त ? भन्ने कुरा हो । विश्वविद्यालयबाट आउने कुरा भयो’ पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिक्नुको कारण दिँदै मन्त्री बास्कोटाले भने ।
‘यद्यपी, पत्रकारले लाइसेनस लिनुपर्ने व्यवस्था आफैँमा भने नराम्रो नरहेको उनले बताए । पेशागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको थियो’ मन्त्री बास्कोटाले भने ।















प्रतिक्रिया