९ मंसिर २०८३, बुधबार

ललिता निवास प्रकरणमा दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने निर्दोष फस्ने नहोस् : डा. भट्टराई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ ।  समाजवादी पार्टीैका अध्यक्ष बाबुराम भट्टराईले बालुवाटार जग्गा प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही र निर्दोषलाई फसाउन नहुने बताएका छन् ।

भट्टराईले ट्विट गर्दै ‘मैले पनि असहजता महशुस गरेको छु। सुर-असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु,’ उनले भनेका छन्, ‘तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्। जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्’भनेका छन् ।

मन्त्रिपरिषद्ले सामूहिक रूपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

बालुवाटार ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।