९ मंसिर २०८३, बुधबार

सर्वोच्चद्वारा लुम्बिनी अस्पतालका सटर नभत्काउन आदेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ ।   लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरु नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले बिहीबार अन्तरिम आदेश जारी गर्दै सटर नभत्काउन आदेश दिएको हो ।

सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार दुबै पक्षलाई छलफलमा बोलाउने र तत्काल सटर नभत्काउन आदेश दिएको थियो ।

तर अस्पताल प्रशासनले उक्त आदेश बेवास्ता गर्दै बिहीबार बिहानै सटरहरुमा डोजर चलाएपछि सर्वोच्चले बिहीबार पुनः अर्को अन्तरिम आदेश जारी गर्दै सटर भत्काउने काम रोक्न भनेको हो ।

गत कात्तिक १८ गते प्रदेश ५ सरकारको मन्त्रिपरिषद वैठकले अस्पतालका सटर मंसिर मसान्तसम्म खाली नगरे डोजर लगाएर खाली गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध व्यवसायीहरु अदालत पुगेका थिए । जिल्ला अदालत रुपन्देहीले व्यवसायीको मागको विपक्षमा अन्तरकालीन आदेश खारेज गरिदिएको थियो ।