
काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसका उपसभापति विजयकुमार गच्छदारविरुद्व ललिता निवास प्रकरणमा मुद्वा दायर भएपछि नेपाली कांग्रेसको आस्मिक पदाधिकारी बैठक अहिले बसिरहेको छ ।
काँग्रस नेताहरु बिहान १० बजेबाट पार्टी कार्यालय सानेपामा छलफलमा जुटेका छन् । बैठकमा काननी व्यवसायीहरुकोसमेत सहभागिता रहेको छ ।
बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दाका विषयका विशेष रुपमा छलफल हुने कांग्रेस स्रोतले बताएको छ ।
अख्तियारले ललिता निवास प्रकरणमा दोषी करार गर्दै काँग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।











प्रतिक्रिया